काठमाडौँ। दाँत शरीरको एक अभिन्न अंग हो। यसले मानिसको सुन्दरतालाई मात्र नबढाएर आत्मविश्वासलाई पनि बढाउने गर्दछ। किनभने सबैजनाले हँसिलो अनुहारलाई मन पराउँछन् र हँसिलो अनुहारका साथ साथै यदि व्यक्तिको दाँत पनि सुन्दर र चम्किलो छ भने यसले सुनमा सुगन्ध थप्ने काम गर्दछ।
यसैगरी, यदि कसैको दाँत फोहोर र पहेँलो छ भने लज्जित महसुस गराउँदछ। जसकाकारण अरु मानिसको अगाडि बोल्नु पर्दा वा हाँस्नु पर्दा आफ्नो आत्मविश्वास विस्तारै घट्न थाल्छ। त्यसैले आत्मविश्वास उच्च राख्न साथै दाँतको स्वास्थ्यलाई पनि ठिक राख्न यी सरल टिप्सहरुलाई अपनाउनुहोस्।
– आफ्नो दैनिक आहारमा भरपुर फलफूलको सेवन गर्दा दाँतको स्वास्थ्य मात्रै नभएर सम्पूर्ण शरीरको स्वास्थ्य तथा अनुहारको सौन्दर्यतालाई पनि बढाउने गर्दछ। फलफूलमा पनि थुप्रै गुणकारी तत्व तथा इञ्जाइम्सहरु पाइन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ।
– पानीलाई अमृत समान मानिन्छ । पानीको सेवन निरोगीका लागि मात्रै होइन सौन्दर्यता कायम राख्न पनि उत्तिकै उपयोगी मानिन्छ । मानिसले दुई चार दिन भोकै बस्न सक्ला, तर ऊ पानी बिना एकछिन् पनि रहन सक्दैन। पानी एक प्रकारको प्राकृतिक माउथवास हो, जसले दाँतमा अड्केका विभिन्न चिजहरुलाई पखाल्ने गर्छ।
– प्रायःजसो पेय पदार्थ पिउँदा पाइपको प्रयोग गर्ने गरौँ। यसले गर्दा पेय पदार्थको केमिकल्सहरु प्रत्यक्षरुपमा दाँतको सम्पर्कमा आउँदैनन् र दाँतलाई स्वास्थ्य राख्न मद्दत गर्दछ।
– अत्यधिक चिनीको मात्राले पनि दाँतको स्वास्थ्यलाई प्रत्यक्ष असर गर्दछ। यस्तो अवस्थामा दाँतलाई स्वास्थ्य राख्न चिनीको मात्रालाई कम गर्ने, यदि चिनी भएका खानेकुरा खाए पनि तुरुन्तै कुल्ला गर्ने बानी बसाल्ने ।
– निमको पत्तालाई पानीमा उमालेर कुल्ला गर्दा यसले दाँतमा रहेका विभिन्न ब्याक्टेरियाहरुलाई मार्ने सहयोग गर्दछ । साथै निमको डाँठले दाँत सफा गर्दा पनि दाँतलाई राम्रो र स्वस्थ राख्न मद्दत गर्छ ।
No comments:
Post a Comment