उग्रराष्ट्रवादको नारामा देश फस्ने खतरा छ : महन्थ ठाकुर - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 6 January 2021

उग्रराष्ट्रवादको नारामा देश फस्ने खतरा छ : महन्थ ठाकुर


काठमाडाैँ, २२ पुस :
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उग्रराष्ट्रवादको नारामा देश फस्ने खतरा रहेको दाबी गर्नुभएकाे छ । जसपाले राजधानीमा मंगलबार गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा उनले उग्रराष्ट्रवादको नाममा देशमा हिंसा र अशान्ति हुन सक्नेतर्फ सचेत गराउनुभयाे ।

ठाकुरले बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेको नेकपा र नेकपाको सरकार असफल भएको बताउनुभयाे । सत्ताधारीहरूले आफ्नो अधिकार सुरक्षित राख्न मात्रै कदम उठाउने गरेको भन्दै ठाकुरले सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफूलाई सुरक्षित राख्न गरिएको दाबी गर्नुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.