काठमाडाैँ, १४ माघ : कोभिड–१९ विरुद्ध आजदेखि नेपालमा पनि खोप लगाइएको छ । टेकु अस्पतालका कार्यकारी निर्देशक सागरराज भण्डारीले पहिलो खोप लगाएर खोपको शुभारम्भ गरिएको हो । देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतलाई पहिलो खोपको प्राथमिकता दिइने सरकारको तयारी छ ।
भारतले नेपाललाई अनुदानमा १० लाख खोप उपलब्ध गराएको छ । गत साता नेपाल ल्याएको कोभिसिल्ड खोप सबै प्रदेशमा पुर्याइएको छ ।

No comments:
Post a Comment