महिला पुजारी हुन मिल्दैन भने पनि प्रयास जारी राखे : सहनशीला शर्मा झा - pharaksandesh.com

मुख्य समाचार


Friday 29 January 2021

महिला पुजारी हुन मिल्दैन भने पनि प्रयास जारी राखे : सहनशीला शर्मा झा


काठमाडाैँ, १६ माघ :
काठमाडाैँको असन अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक पुजारीमा महिला नियुक्त भएका छन् ।

मन्दिरको पुजारीमा सहनशीला शर्मा झा नियुक्त हुनु भएको हो । पहिलो पटक पुजारीमा नियुक्त भएपछि उहाँले यो पदमा नियुक्त हुँदा आफूलाई गर्व लागेको बताउनु भएको छ ।

उहाँले लेख्नु भएको छ : ‘कुनै पनि महिलालाई पुजारी नियुक्ति गर्ने नियम गुठी संस्थानमा रहेन छ तर मैले उहाँहरुलाई किन हुँदैन त भन्ने प्रश्न राख्दा महिलालाई पुजारी बनाउन मिल्दैन भन्ने जवाफ पाए । तर, पनि प्रयास गरिरहे र आज नियुक्ति पत्र पाए ।’

उहाँले पुर्खाले गर्दै आएको पूजाआजा परम्परामा सधैं छोरालाई मात्र अधिकार दिनेमा अहिले आफूले यो परम्परालाई समेत तोड्न सकेको बताउनु भएको छ ।

‘मेरो पुर्खा पक्कै पनि खुशी छन् होला’ उहाँले भन्नु भएको छ । गुठी संस्थान काठमाण्डौ शाखाले हिजो काठमाण्डौको असन अन्नपूर्ण नारायण मन्दिरमा सहनशीला शर्मा झालाई नियुक्त गरेको हो ।

शर्मालाई १ वर्षको परीक्षणकाल हुनेगरी बढीमा ५ वर्षको लागि पुजारीमा नियुक्त गरेको संस्थानले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.