महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा भएको आगलागीमा परेर एक महिनादेखि तीन महिना उमेर भएका १० जना बालबालिकाको ज्यान गएको बीबीसीले जनाएको छ ।
बिहान दुई बजेतिर अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी भएको र त्यहाँबाट सात जना शिशुको भने सकुशल उद्धार भएको खबरमा उल्लेख छ ।
आगलागी पछि केही शिशुको जलेर र धेरैजसोको धुवाँमा निसास्सिएर ज्यान गएको अस्पतालले जनाएको छ । विद्युत सट भएर आगलागी भएको आशंका गरिएको भए पनि आगलागीको कारण नखुलेको महाराष्ट्र प्रहरीले जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, महाराष्ट्रमा मुख्यमन्त्री ठाकरेलगायतले घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
No comments:
Post a Comment