सुर्खेत घर भइ टोखाको एक हाउजिङमा बस्दै आएका उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरीको शव भेटिएको प्रहरीले जनाएको छ ।
कोठाभित्रै श्रीमान् लडिरहेको अवस्थामा र श्रीमती झुण्डिएको अवस्थामा मृत भेटिएका महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डीएसपी) प्रमेश विष्टले जानकारी दिनुभयो । उनीहरु दुवै जना इन्जिनियर भएको बताइएको छ।
उमेश केही हप्ता अगाडिमात्रै अमेरिकाबाट फर्किएका थिए । भित्रबाट बन्द गरिएको कोठामा शव भेटिएकोले सुदीक्षाले श्रीमानकाे हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
उमेशको शव नजिकै रगत लागेको सिलौटो फेला परेको र कानबाट रगत बगेको देखिएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment