बुटवल, १६ माघ : नेकपा ओली पक्षले लुम्बिनी प्रदेशमा पार्टी कमिटीहरु पुनर्गठन गरेको छ । आफ्नो पक्षमा रहेको नेतृत्व भए त्यसैलाई र नभए अर्को व्यक्तिलाई जिल्ला कमिटी र प्रदेश कमिटीमा जिम्मेवारी दिईएको हो ।
ओली पक्षले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देहीका लिला गिरीलाई चयन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले ओनसरी घर्तीलाई हटाएर नेकपा केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज समेत रहेका गिरीलाई प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी दिएको हो । उहाँ लुम्बिनी प्रदेशका उद्योग वन वातावरण मन्त्री पनि हुनुहुन्छ ।
उहाँका अनुसार प्रदेशका १२ वटै जिल्लामा संयोजकहरु तोकिएको र त्यसकै आधारमा पछि अधिवेशन गर्ने योजना बनाइएको छ । रुपन्देहीमा साविककै शिवराज सुवेदीले संयोजकको जिम्मेवारी पाउनुभएकाे छ भने सहसंयोजक तेजेन्द्र केसी तथा सचिवमा अनुप वराललाई तोकिएकाे छ ।
त्यसैगरि कपिलवस्तुमा पनि पुरानै अध्यक्ष झविलाल पोखरेललाई संयोजक तोकिएको छ । सहसंयोजक डम्मर शर्मा र सचिवमा धर्म भुसाललाई थपिएको छ । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्ला दाङमा सबै नयाँ अनुहारलाई जिम्मेवारी दिएको हो ।
त्यस्तै पाल्पा संयोजक नारायणप्रसाद आचार्य पनि पुरानै अध्यक्ष हुनुहुन्छ । पश्चिम नपलपरासीमा ओली समुहले दिपेन्द्र अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएकाे छ । ओली पक्षले रोल्पा र पुर्वी रुकुमका लागि भने जिल्ला पदाधिकारी तोकेको छैन ।
प्रदेस कमिटीको वैठकमा सबै जिल्लाको परिवर्तित राजनीतिक घटनाक्रम र जिल्लामा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरिएको छ । साविक लुम्बिनीमा आफुहरु वलियो देखिए पनि राप्ती र भेरीमा केहि कमजोर अवस्था रहेको नेताहरुले बैठकमा रिर्पोटिङ गरेका छन् ।
No comments:
Post a Comment