काठमाडौं, १७ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश २ का अध्यक्ष तथा सहरी विकास मन्त्री प्रभु साहले चितवनलाई बदनाम गराउन केही नेता लागिपरेको आरोप लगाउनुभएकाे छ।
राजनीतिक रुपमा विभाजित भई अलग-अलग कार्यक्रम गर्दै आएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला पुगेर मन्त्री साहले चितवनलाई बदनाम गराउन केही नेता लागिपरेको दाबी गर्दै सचेत हुन चितवनवासीलाई आग्रह गर्नुभयाे।
“चितवनका केही नेताका कुकर्मका कारण यो जिल्लालाई बदनाम गराउने कुचेष्टा हुदैँछ। तर यो चीतवन फुट र धोकाको जिल्ला होइन,” साहले भन्नुभयाे, “चीतवनको धर्तीवाट देश दुनियाँलाई भ्रम पार्ने कोशिश गरिरहेका छन्। त्यसमा तपाईहरु सचेत हुनुपर्छ।”
शाहले नेपालको कम्युनिस्ट आन्दोलनमा दुईखाले प्रवृति देखा परेको बताउँदै पूर्व माओवादीका अध्यक्ष प्रचण्डहरु त्यतातिर लागेको संकेत गर्नुभयाे।
“नेपालको कम्युनिस्ट आन्दोलनमा एकातिर कुर्सीका लागि अघि बढने र परिवारका लागि ज्यान फाल्ने प्रवृति देखा परेको छ भने अर्कोतिर विकास गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउने उदेश्यसहित हिडिरहेको पंक्ति पनि छ,” पूर्व माओवादीहरुको नेतृत्वमा विगतमा भएका चुनावी धाँधलीलगायतका विषयतिर संकेत गर्दै साहले भन्नुभयाे, “कुनै पनि चुनाव नलडी जीवनभर पदमा बस्ने प्रवृतिको विरुद्ध हामी लागेका छौं। त्यस्ता पवृत्तिलाई परास्त गर्नुपर्छ।”
चितवन जिल्लाको विकासका लागि सरकारले प्राथमिकतामा राखेको पनि मन्त्री साहले जानकारी दिनुभएकाे छ।
No comments:
Post a Comment