राष्ट्रपतिको म्यान्मार भ्रमण : लुम्बिनीका लागि विविध कालखण्डका ३० वटा बुद्ध प्रतिमा हस्तान्तरण - pharaksandesh.com

मुख्य समाचार


Saturday, 19 October 2019

राष्ट्रपतिको म्यान्मार भ्रमण : लुम्बिनीका लागि विविध कालखण्डका ३० वटा बुद्ध प्रतिमा हस्तान्तरण

विशेष प्रतिनिधि श्याम रिमाल
यांगुन, २ कात्तिक : गणतन्त्र म्यानमारको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति बिद्या देवी भण्डारिको उपस्तिथिमा यांगुनस्थित सितागु अन्तरास्ट्रिय बुद्ध एकेडेमीले लुम्बिनीमा राख्ने गरि भगवान गौतम बुद्धका विभिन्न कालखण्डका ३० वटा बुद्धका प्रतिमा हस्तान्तरण गरेको छ ।

एकेडमीका प्रमुख सायदव सितागु, याङुन क्षेत्रका सामाजिक सम्बन्धमन्त्री उ नेइङ नाङ लिनले परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यलाई ती बुद्ध प्रतिमाहरु हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्रीले बुद्ध प्रतिमा हस्तान्तरण नेपाल र म्यानर्माको अनन्त मित्रताको प्रतीक भएको र यसबाट दुई देशको साझा संस्कृती र भवनाको प्रतिबिम्ब गरेको बताउनु भयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.