नेपालमा ढुक्क भएर लगानी गर्न फिनल्याण्डका उद्याेगी व्यवसायीहरुलाई सरकारकाे आग्रह - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 November 2019

नेपालमा ढुक्क भएर लगानी गर्न फिनल्याण्डका उद्याेगी व्यवसायीहरुलाई सरकारकाे आग्रह

काठमाडौँ, ६ मङ्सिर : सरकारले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । 

वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको हो ।

शुक्रबार नेपाल चेम्बर अफ् कमर्सले फिनल्याण्डका उद्योगी व्यवसायीहरुसँग गरेको एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहाँले विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सले पनि नेपालमा लगानीका लागि वातावरण बन्दै गएको देखाएकाले नेपालमा लगानी गर्न उपयुक्त हुने पनि बताउनु भयो । 

सचिव अर्यालले नेपालमा वैदेशिक लगानी आएमा सरकारले एक द्वार प्रणालीमार्फत् सेवा दिने नीति लिएको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा फिनल्याण्डका लागि फिनल्याण्डका राजदूत पेरटी एन्टीनेनले दुई देशबीचका उद्योगीहरुको सम्बन्ध बलियो हुँदै गएकाले लगानी र व्यापारका आधारहरु बन्दै गएको बताउनु भयो । उहाँले फिनल्याण्डका लगानीकर्ताहरु नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न इच्छुक रहेको समेत बताउनु भयो । 

कार्यक्रममा नेपाली व्यवसायीहरुले फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.