मृतक परिवारलाई क्षतिपूर्ति - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 November 2019

मृतक परिवारलाई क्षतिपूर्ति

खाँदबारी, ६ मङ्सिर : सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ मा करेन्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । 

विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले करेन्ट लागेर मृत्यु भएका सभापोखरी–६ का भुपाल विश्वकर्माको परिवारलाई रु पाँच लाख १५ हजार क्षतिपूर्तिबापत उपलब्ध गराएको हो । यसअघि प्राधिकरणले किरिया खर्च बापत मृतक परिवारलाई रु १५ हजार उपलब्ध गराई सकेको छ । गत वैशाख १८ गते सभापोखरी गाउँपालिका–६ स्वाचीमा हाइभोल्टेज गएपछि करेन्ट लागेर विश्वकर्माको मृत्यु भएको थियो । 

सो घटनामा अन्य पाँचजना घाइते भएका थिए । करेन्टबाट घाइते भएकी तारा विश्वकर्मालाई रु नौ हजार ६८३, भगवती विश्वकर्मालाई रु १३ हजार ५९७, मञ्जु तिरुवालाई रु ६ हजार ७२५, धनमान लिम्बूलाई रु नौ हजार र कुलबहादुर विश्वकर्मालाई रु ६ हजार ८२५ उपलब्ध गराएको केन्द्रका प्रमुख रामअशिस साहले जानकारी दिनुभयो । 

पीडितहरुलाई नेपाल विद्युत् प्राधिकरण विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली २०७६ को विनियम १२ को आधारमा क्षतिपूर्ति उपलब्ध गराएको खाँदबारी वितरण केन्द्रले जनाएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.