बाघको आक्रमणबाट मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday, 11 November 2019

बाघको आक्रमणबाट मृत्यु

बाँके, २५ कात्तिक : बाँकेको कोहलपुरमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको पाटे बाघको आक्रमणमा परेर मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आइतबार अपरान्ह् ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटे बाघले आक्रमण गरेको थियो । 

दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा पाटे बाघको आक्रमण परेर मृत भेटिएको कोहलपुर–१३ नयाँबस्तीका स्थानीयवासी निरकबहादुर शाहीले बताउनुभयो । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा पाटे बाघको आक्रमण बढेको छ । यसअघि २०७५ माघ यता पाटे बाघको आक्रमणमा परेर बाँके र बर्दियामा चार जनाको मृत्यु भइसकेको छ । बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् । 

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ । निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानव–वन्यजन्तु द्वन्द्व बढ्न थालेकाले स्थानीयवासी शाहीले बताउनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.