मङ्गोलियामा सडक दुर्घटना चारको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 28 April 2020

मङ्गोलियामा सडक दुर्घटना चारको मृत्यु

उलान बटोर, १६ बैशाख : मध्य मङ्गोलियामा भएको एक सडक दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ । 

दुई ओटा ट्रक एक आपसमा ठोक्किँदा भएको यस दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको राष्ट्रिय संकटकालीन व्यवस्थापन निकायले मङ्लगबार जानकारी दिएको छ । 

सोमबार राति भएको यस घटनामा चार व्यक्तिले घटनास्थलमा नै ज्यान गुमाएका मेना समाचार समितिले जानकारी दिएको छ । 

यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको समाचारमा जनाइएको छ ।(रासस/सिन्ह्वा)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.