नेपाल फर्कन लागेका छ जना क्वारेन्टाइनमा - pharaksandesh.com

मुख्य समाचार


Friday, 17 April 2020

नेपाल फर्कन लागेका छ जना क्वारेन्टाइनमा

लहान, ५ वैशाख  : भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी क्वाइरेन्टाइन पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । 

भारतको विभिन्न शहरमा राजमिस्त्रीको काम गरी फर्किरहेका छ जनालाई प्रहरीले भारतीय सीमामा पुगेर नियन्त्रणमा लिई भारतको विहारस्थित मधुवनी जिल्लाको लदनियाँ थानालाई क्वारेन्टाइनमा राख्न जिम्मा लगाए पनि उनीहरु नेपाल आइपुगेका हुन् । 

हिरासतबाट फरार एक पक्राउ
प्रहरी हिरासतबाट फरार एक युवकलाई बिहीबार सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीको टोलीले प्रहरी हिरासतबाट फरार सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–३ निवासी ३३ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । बहुविवाह मुद्दामा थुनामा रहेका यादव गत मङ्सिर १४ गते प्रहरी हिरासतबाट फरार भएका थिए ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.