लुकीछिपी नेपाल छिरेकाको ¥यापिड परीक्षण - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 15 April 2020

लुकीछिपी नेपाल छिरेकाको ¥यापिड परीक्षण

सर्लाही, ३ वैशाख  : चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनालाई ¥यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

चन्द्रनगरको क्वारेन्टाइनमा रहेका ५० जनालाई मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमखु जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । भरतबाट लुकीछिपी नेपाल प्रवेश गरेका चन्द्रनगर गाउँपालिका ती व्यक्तिलाई कामधस्थित एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । 

यसअघि सोमबार हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको सोमबार कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा दुवै जनाको निपोर्ट नेगेटिभ आएको प्रजिअ जिसीले बताउनुभयो । सर्लाहीको २० स्थानीय तहले ३७ स्थानमा ३८३ श्ययाको क्वारेन्टाइन निर्माण गरेका छन् । हाल ती क्वारेन्टाइनमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका ९२ जनालाई राखिएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.