पेट्रोलियम पदार्थको अभाव - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 15 April 2020

पेट्रोलियम पदार्थको अभाव

पाँचथर, ३ वैशाख  : लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । 

नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उपलब्ध नगराएको तथा लकडाउनका कारण ट्याङ्कर चालकले भारतबाट पेट्रोलियम पदार्थ ल्याउन नसकेपछि एक सातायता पेट्रोलियम पदार्थको अभाव भएको पेट्रोलपम्प सञ्चालक बताउँछन् ।

पेट्रोलियम पदार्थको मूल्य घटेकाले मूल्य बढाएर कालोबजारीमा बिक्री गर्न पेट्रोलियम पदार्थ लुकाइएको आशङ्का गरिएको छ । परिस्थिति सहज नहुञ्जेल सहज आपूर्ति गर्न नसक्ने पम्प सञ्चालक टोलेन्द्र तामाङले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले पेट्रोलपम्प सञ्चालकलाई छलफलमा बोलाएर पेट्रोलियम पदार्थ ढुवानी सहज गराइने जनाउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.