नदीले बगाउँदा घाइतेको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 28 April 2020

नदीले बगाउँदा घाइतेको मृत्यु

राँझा, १६ वैशाख : महाकाली नदीले बगाउँदा गम्भीर घाइते दार्चुलाकी एक महिलाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका–५ गल्फेमा महाकालीले बगाउँदा घाइते हुनुभएका व्यास गाउँपालिका–१ की ३० वर्षीया सपना ऐतवालको कोहलपुरमा उपचारका क्रममा गए राति मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ । 

आइतबार बिहान नदीमा बगिरहेका अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो । दार्चुला अस्पतालले अवस्था गम्भीर भनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत ऐतवाललाई शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो । उपचारका क्रममा मृत्यु भएपछि भेरी अस्पताल नेपालगञ्जमा परीक्षणपछि आफन्तले शव घरतर्फ लगेका छन् ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.