नेपालमा कोभिड–१९ बाट मृत्यु भएकाे पहिलाे घटना पुष्टि : स्वास्थ्य मन्त्रालय - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

नेपालमा कोभिड–१९ बाट मृत्यु भएकाे पहिलाे घटना पुष्टि : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ३ जेठ : 
धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे नेपालकाे पहिलाे घटना भएकाे मन्त्रालयले पुष्टि  गरेकाे हाे ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मृतकको कोभिड –१९संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताउनुभएको छ । नेपालमा कोभिड –१९ बाट मृत्यु भएको यो पहिलो घटना हो । 

अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । उहाँका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् । घरमा गएपछि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पताल आउँदै गर्दा बाटामा शुक्रबार बिहान मृत्यु थिएको थियो । 

मेलम्ची– प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले धुलिखेल अस्पतालमा मृत्यु हुनुभएका बाह्रबीसे नगरपालिका –९ राम्चेका सुत्केरीमा कोरोना पोजेटिभ देखिएको र निधन पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आउँदा दुःख व्यक्त गर्नुभएको छ । 

उहाँका अनुसार सम्बन्धित स्थान र जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टका तर्फबाट बन्द गरिएको छ । सम्बंधित ठाउँमा आइतबार विज्ञ प्राविधिक टोलीले कन्ट्रयाक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने छ । धैर्य र सहयोगका लागि सम्बन्धित सबैमा अनुरोध गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जलिका साथ बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उनको पशुपतिमा रहेको विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गरिने जनाइएको छ ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.