हतियारसहित भारतीय पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

हतियारसहित भारतीय पक्राउ

सर्लाही, ३ जेठ :
सीमावर्ती गाउँ मधुवन गोठबाट हतियारसहित दुई जना पक्राउ परेका छन् । विष्णु गाउँपालिका–४ मधुवन गोठबाट दुई थान हतियारसहित एक भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार राज्य सीतामढी जिल्लाको मुरहा निवासी करिब २६ वर्षीय अनिष साह मुसलमान र विष्णु गापा–४ मधुवन गोठका २५ वर्षीय मदनकुमार साह कानु रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोली बरामद गरेको छ । त्यस्तै एक थान देशी नलकटुवा र त्यसमा लाग्ने एक थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

विशेष सुराकीका आधारमा प्रदेश नं २ को विशेष टोली, मधुवन गोठ र बराउधोर प्रहरी चौकीको संयुक्त टोलीले घेरा हाली दुवै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका दुवै जना कैयौँ आपराधिक घटनामा संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.