प्रकृति र कोरोना: एक अपरिहार्य सम्बन्ध - pharaksandesh.com

मुख्य समाचार


Sunday, 7 June 2020

प्रकृति र कोरोना: एक अपरिहार्य सम्बन्ध

विनोद पोख्रेल
पृथ्वीमा मानिस लगायत सम्पुर्ण प्राणिहरु एकअर्कामा परनिर्भर छन्। आफ्नो जिवनलाई निरन्तरता दिन एकअर्काबिचको सम्बन्ध अनि स्वस्थ खाधान्नको आवश्यकता पर्दछ। सम्पुर्ण प्राणिहरुमध्ये ज्ञान, बुद्धि र विवेकले भरिपुर्ण सर्वश्रेष्ठ प्राणि मानिस आफ्नो जिवनचक्रको जिम्मेवार आफैं छ। मानिस लगायत सबै प्राणिहरुमा सन्तान उत्पादन गर्ने शक्ति स्थायी हुन्छ र जिवनस्तरमा वृद्धि हुँदा सन्तान उत्पादन गर्ने शक्तिमा पनि वृद्धि हुन्छ। त्यसैले कुनै नियन्त्रण गरिएन भने जनसंख्या प्रत्येक २५ वर्षमा दोब्बर हुन्छ। यस अनुमान अनुसार प्रती परिवारमा औसत ६ जना बालबालिका जन्मिन्छन जसमध्ये ४ जना मात्र हुर्कन्छन् र पुनः सन्तान उत्पादन गर्छन्। तसर्थ जनसंख्या ज्यामितिय क्रम (Geometric ratio) मा बढ्छ तर जमिनको क्षमता सिमित हुन्छ जसकारण खाद्य सामग्रीको वृद्धि दर अत्यन्त कम हुन्छ । अत्यन्त अनुकुल परिस्थितिमा पनि खाद्य सामग्रीमा अङ्कगणितिय क्रम (Arithmetic ratio)भन्दा तीब्र गतिमा वृद्धि गर्न सकिँदैन। 

प्रकृतिको खाने टेबुलमा सिमित मानिसहरुलाई मात्र खाना छ, निम्तो नपाईकन आउनेहरु भोकभोकै मर्नुपर्छ। संसारका १९५ देशहरुको कुल जनसंख्या ७.८ अर्ब (7.8 billion) रहेको छ जबकी पृथ्विले थेग्न सक्ने कुल जनसंख्या ४-९ अर्ब (4-9 billion) अर्थात औसत ६.५ अर्ब मात्र छ ( According to the most recent United Nations estimates elaborated by worldometer)।आजभन्दा २५ बर्षपहिलेको जनसंख्या २.५ अर्बबाट बढेर अहिले ७.८ अर्ब भैसकेको छ। यसबाट प्रष्ट हुन्छ कि १.३ अर्ब जनसंख्या पृथ्वीको भारवहन क्षमताभन्दा बाहिर छ जसलाइ प्रकृतिले खाना खुवाउने निम्तो दिएको छैन र भोकभोकै मर्नुपर्नेछ।

जनसंख्याको अध्ययन केही सिद्धान्तहरुमा आधारित छ। थोमस रोबर्ट माल्थस, सैडलर, थाेमस डबलडे, हर्बट स्पेन्सर, पर्ल, डेबिट रिकार्डाे लगायतका दार्शनिकहरुले कैयौं वर्षपहिले जनसंख्यालाई आधार मानेर प्रतिपादन गरिएको सिद्धान्तले अहिले आएर मेल खाएको छ। माल्थसका अनुसार,"यदि पृथ्विमा मानिसको जनसंख्या पृथ्वीको भारवहन क्षमता ( Carrying capacity) भन्दा अधिक भयो भने त्यो जनसंख्या नियन्त्रण गर्न प्रकृति आफैले कदम चाल्दछ।" उनले रचना गरेको ग्रन्थ योगवाशिष्टमा जनसंख्याको प्रकृतिक नियन्त्रण जस्तो विवरण पाइन्छ। यस ग्रन्थमा तीब्र जनसंख्या वृद्धिको परिणामबारे स्पष्ट चेतावनी दिँदै भनिएको छ," यदि कुनै देशको जनसंख्या तीब्र गतिमा वृद्धि हुन्छ भने अनिकाल, महामारी, युद्ध वा भुकम्प आदि जस्ता दैवी तथा मानविय विपत्ती उत्पन्न हुन गई किरा फट्याङ्ग्रा जस्तै मानवजातिको विनाश हुन सक्छ।

अहिले संसारमा आतङ्क मच्चाईरहेको कोरोना भाइरस (Covid-19) पनि मानविय विपत्ति नै हो। महामारिको संज्ञा दिइएको यो भाइरस जैविक युद्ध (Biological war)को ज्वलन्त उदाहरण हो जसले प्राकृतिक सन्तुलन ल्याउन महत्वपुर्ण भुमिका खेलिरहेको छ। कोरोना भाइरसजस्तै विभिन्न दैवी तथा मानविय विपत्तिहरुले पहिले पनि अधिपत्य जमाईरहेको उदाहरणहरु प्रशस्त छन्। सन् १९१६ तिर स्पेनिस फ्लू को कारणबाट करोडौं मानिसको मृत्यु भएको थियो। त्यसैले अहिलेको यो कोरोना भाइरसले आतंक फैलाउनु पनि कुनै नौलो कुरा भने होईन । आजभन्दा २०० वर्ष पहिले मानिसको कुल जनसंख्या१अर्ब (1billion) भन्दा केही बढी मात्र थियो। अहिले त्यो जनसंख्या ७ गुणा भन्दा बढीले बढेर ७.८ अर्ब पुगेको छ। यो तथ्यांकलाई हेर्दा जनसंख्या दिनानुदिन यति तीब्र गतिमा बढिरहेको छ कि मानिसलाइ अरु कुरा त छोडौँ खान पनि धौधौ पर्न सक्ने अनुमान गर्न सकिन्छ। तीब्र जनसंख्या वृद्धि भइरहेका चीन, अमेरिका, बेलायत, भारत लगायतका थुप्रै मुलुकहरुमा अहिले कोरोना भाइरसले प्राकृतिक सन्तुलन ल्याउने कोसिस गरिरहेको छ। अहिलेको अवस्थालाई हेर्दा जतिपनी देशहरुमा कोरोना भाइरसले सङ्क्रमण गरेको छ, ती देशहरुको जनसंख्या वृद्धिदर बढी छ। फेरि यसको मतलब जनसंख्या कम भएका देशहरुमा यसको प्रभाव देखिएको छैन भन्न चाहिँ मिल्दैन। यी देशहरु जतिसुकै विकसित कहलिए पनि त्यो जनसंख्यालाई पर्याप्त स्रोतसाधन भने नभएकै हो। कतै प्रतिव्यक्ती प्राकृतिक वा मानवनिर्मित स्रोतसाधन 
बढी र कतै कम हुनाले प्राकृतिक सन्तुलन बिग्रीएको छ। यसरी प्रकृतिलाई नै उल्टाउने र तहसनहस पार्ने कारक तत्व के हो त भन्ने कुराहरु आइरहेको छ। यसको सिधा जवाफ हो-मानिस आफैं । चाहे चीनका मान्छेले चमेरो खाउन वा अमेरिकाका मान्छेले फट्याङ्ग्रा, प्रकृतिमा भाँडभैलाे मच्चाउने मुख्य जड भनेको मानिस नै हो । कोरोनाको उत्पती चिनबाटै किन भयो त ? यसको सङ्क्रमण चीन, अमेरिका, भारत, बेलायत जस्ता देशहरुमा किन बढयो त? 

सानातिना जनसंख्या वृद्धिदर भएका देशहरुलाइ कोरोनाले माया मान्ने अनि जनसंख्या वृद्धिदर बढी भएका देशहरुलाई माया मार्ने किन ? यी सबै प्रश्नहरुको धेरथोर एउटै उत्तर भेटिन्छ जुन माथी स्पष्ट रुपमा उल्लेख गरिसकिएको छ। हुन त कोरोना भाइरसका थुप्रै नराम्रा पक्षहरू छन् तर विश्वको वर्तमान परिस्थिति प्रकृतिको नियमभित्र पर्छ। मानिसको ज्यान जानु सामान्य कुरा होइन तैपनि छोटाे समयमा अर्बौंको सङ्ख्यामा केही लाख मान्छेको मृत्युु हुनुमा केही राज लुकेको छ तर धेरैलाई यो कुरा हावादारी र सामान्य लाग्न सक्छ। तर कोरोनालाइ सहज रुपमा भने लिनुहुँदैन।बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मार्च ताका जनतालाई कोरोनाप्रती सहज हुन आग्रह गरेका थिए तर पछि आफैं कोरोनासँग अङ्गालोमा बाँधिन पुगेका थिए । त्यस्तै अमेरिकी रास्ट्रपति डाेनाल्ड ट्रम्पले पनि कोरोना आफैं हराएर जान्छ आत्तिनु पर्दैन भनी थुप्रै ठाँउहरुमा भाषण खोक्दै हिँडेका थिए जसको दुष्परिणाम अहिले धेरै अमेरिकिहरुले भोगिरहेका छन् ।

तसर्थ प्रकृतिको नियममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हानी पुर्याउने भनेको मानिसले नै हो। कोरोनालाई सहज रुपमा नलिऔँ, सरकारको नियम र निर्देशन पालना गरौं । अब कोरोना रोक्न बन्दाबन्दी (Lockdown) को विकल्प खोजौँ र समुदाय प्रतिरोधात्मक शक्ति (Herd immunity)को तरिका अपनाऔँ। मानिसको चरम लापरबाहीले गर्दा एकदिन मानवजातिको लोप भइ किरा फट्याङ्ग्राको रजाइँ नहोला भन्न सकिन्न ।


(नाेट  : लेखक पोख्रेल कृषि तथा वन विज्ञान विश्वविधालय, रामपुर चितवनमा कृषि स्नातक तह अध्ययनरत हुनुहुन्छ ।)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.