काठमाडाैँका तीनसहित थप ५९३ सङ्क्रमित, कुल ११ हजार ७५५, थप एककाे मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Friday, 26 June 2020

काठमाडाैँका तीनसहित थप ५९३ सङ्क्रमित, कुल ११ हजार ७५५, थप एककाे मृत्यु

काठमाडौँ, १२ असार : पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैँका तीन पुरुषमा पनि काेराेना पुष्टि भएकाे छ ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साे जानकारी दिनुभयाे ।

यस्तै, विभिन्न अस्पतालबाट थप ४८ जना निकाे भएर डिस्चार्ज भएका छन् । आठ महिला र ४० पुरूष निकाे भएका छन् । याेसँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५८ पुगेकाे छ । 

रेड जाेनमा एक जना थपिएकाे छ ।

असार ११ गते थप एकजनाकाे मृत्यु भएकाे छ । अन्दाजी २५ देखि ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक अचेत फेला परेकी थिइन् । जाँच हुँदा मृत्य घाेषणा भएकाे थियाे । साेही दिन जाँच गर्दा १२ गते मृतककाे स्वाबमा काेराेना भेटिएकाे छ । याेसँगै मृत्यु हुनेकाे सङ्ख्या २७ पुगेकाे छ । मृत्यु हुनेकाे नाम र ठेगाना खुलेकाे छैन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.