देशको कुरा नगर भो म त पागल हुन्छु - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 June 2020

देशको कुरा नगर भो म त पागल हुन्छु

गजल
कमला गौतम
देशको कुरा नगर भो म त पागल हुन्छु
कुरा धेरै गाईगाइ छ के के सुन्छु सुन्छु।

पहुँच वाला र हुनेकै दिन चहचह भए यहाँ
दुःखीको कहानी सुन्दै आँशुले मुख धुन्छु।

कमाई धन्दा नै भएछ नाकामा कुरा नगर
क्वारेनटाइनको हालत र कथाले म रुन्छु।

पैसा तिर्न सके सिधै घर जान पाइने रैछ
नभए कोरोना रे पक्का किट कस्तो गुन्छु।

छैन केहि सद्धे नै छु भन्छन हरे सुनेको म
सुन्न नपरोस् भन्छु धेरै अहो!म कान थुन्छु।

कमला गौतम
काठमाडौँ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.