सम्पादकलाई धम्की, महासङ्घद्वारा सुरक्षाको माग - pharaksandesh.com

मुख्य समाचार


Monday, 15 June 2020

सम्पादकलाई धम्की, महासङ्घद्वारा सुरक्षाको माग

काठमाडौँ, १ असार  : नेपाल पत्रकार महासङ्घले समाचार लेखेकै कारण ‘काठमाडौँ प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ । 

“समाचारको विषयलाई लिएर काठमाडौँ प्रेस डटकमका प्रबन्ध सम्पादक परियारलाई सुमेग ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रबन्ध सम्पादक परियारका अनुसार काठमाडौँ प्रेसले जेठ २५, २६ र ३० गते चार्टर्ड उडानमा महँगो भाडा असुलेको विषयमा विभिन्न शीर्षकमा समाचार सम्प्रषण गरेपछि सोही निहुँमा आफूलाई आइतबार बिहान ११ः५ बजे ९८५१०८२५१२ नम्बरको मोबाइलबाट फोन गरी निज केसीले ‘समाचार के आधारमा लेखियो, प्रमाण के छ’ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्क्याएको महासङ्घले जनाएको छ । 

महासङ्घले प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो भएमा त्यसउपर कानूनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति भएको जनाउँदै त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिई अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको ठहर गरेको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.