कुन र कस्ता राजनेता को खाँचो नेपालमा? प्रश्न सबैभन्दा महत्वपूर्ण र सबैको मन मस्तिष्कमा भएको देखिएको छ। आज सबै नेपाली जनताले राजनेताको खाँचो महसुस गरिरहँदा राजनेता बन्न लालायित नेतृत्व तहमा रहेका मान्छे मात्र नभएर नेतृत्व भन्दा बाहिर रहेर पनि बैकल्पिक शक्ति बन्न लालायित मान्छेहरू आफूलाई छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीको मुख्य मन्त्री अरबिन्द केजरीवालको जस्तै बैकल्पिक शक्तिबाट उदाएको राजनेता बन्ने सपना देख्नेहरू यहाँ च्याउ झै उम्रेका पनि हाम्रै आखांले देखिरहेका छौ। यति मात्र का हो र हामी नेपालीको आँखाले कहिले पत्रकारलाई राजनेता देख्ने, कहिले कलाकारलाई राजनेता देख्ने , कहिले कर्मचारीलाई राजनेता देख्ने, कहिले सडकमा सरकारको बिरोध गर्दै चर्को स्वरले नारा बाजी गर्दै हिड्ने लाई राजनेता देख्ने बानी परिसकेको छ। यहाँ सच्चा राजनेता सिर्फ एउटा गुणमा मात्र परिभाषित छ जसको कारण पटक पटक ब्यबस्था परिवर्तन हुँदा पनि एउटै गुणको आधारमा मान्छेलाई राजनेता देख्ने हामी नेपालीको दृष्टिले आज पटक पटक हामी राजनेताको नाममा ठगिएका हौ र उनीहरू को अकर्मण्यताबाट शासित हुन बाध्य छौ। अब प्रश्न आऊछ कस्तो व्यक्तिलाई राजनेता भन्ने? नेपाली राजनीतिको पृष्ठभूमिमा देखिएका मध्ये कसलाई र कुन आधारमा राजनेता भन्ने? रहेको छ। राजनीति सिद्धान्तले, बिश्वको इतिहासले, बर्तमान बिश्वमा सफल र जनताको मन मस्तिष्कमा बस्न सकेका नेतृत्वको जीवनले राजनेता कस्तो हुनुपर्छ भन्ने हामीले बुझ्नुपर्छ।
नेतृत्व गर्दै गर्दा जो जनहित मार्फत जनताको मन मस्तिष्क मा बस्न सफल हुन्छ ऊ नै राजनेता हो भन्ने बुझ्नुपर्छ।राजनेता बन्न सक्ने नेतृत्व भित्र यि बिशेषता हुन्छ । **नेतृत्व मानिसको व्यक्तिगत शक्ति हो। यो पदिय शक्ति होइन । पदिय शक्तिले राजनेता होइन तानाशाह जन्माउँछ । तर व्यक्तिगत शक्तिबाट बनेको नेतृत्व जहिले पनि सफल हुन्छ। महात्मा गान्धी, माउसेतुङ, नेलसन मण्डेला, बि पी कोइराला र मदन भण्डारी व्यक्तिगत शक्तिले राजनेता बनेका हुन् भने किम जोङ, राहुल गान्धी इत्यादि व्यक्ति पदिय शक्तिले नेतृत्व बनेका हुन्।. **प्रभाव ब्यापक हुन्छ, राम्रो काम र बिचार बाट राम्रो प्रभाव हुन्छ भने पदिय दबाब बाट पनि प्रभाब हुन्छ। तर पदिय दबाब को प्रभाव निरङ्कुश वा तानाशाही हुन्छ भने बिचार र जनहित को प्रभावले नेतृत्वलाई हृदयले मान्छन् जसबाट राजनेता पैदा हुन्छ।. **अगाडि बढ्दै जानु=राजनेता बन्ने क्षमता भएको व्यक्तिको संगठनको प्रगति मा बृद्धि हुदै जान्छ। जस्तो सुकै परिस्थिति मा पनि संगठन को काम रोकिँदैन भने त्यो नेतृत्व मा राजनेता हुने क्षमता छ भन्ने बुझ्नुपर्छ।. **सामानताको भाबना =नेतृत्व त्यो हो जसले कहिले पनि आफूलाई नेता र अरूलाई कार्यकर्ता सम्झन्दैन। चेला, चपाटा, फलोअर बढाउने, आफ्नो आफैले प्रसंसा गर्ने नेतृत्व कहिले पनि राजनेता बन्न सक्दैन ।
राजनेता त्यो हो जसले आफ्नो फाईदा हेर्दैन सिर्फ देश र जनता तथा समाज र समुदायको हित हेर्छ। उसले कसैलाई गाली गर्दैन र दुश्मनी पनि गर्दैन। सबैप्रति समानताको भावना हृदयमा राख्दै आफू मात्र नेतृत्व होइन आफू जस्तै अन्य लिडर जन्माउने क्षमता राख्छ । अर्थात् लिडिङ लिडरलाई लिड गर्न सक्ने क्षमताबान ब्यक्ती नै बास्तबिक राजनेता हो जसको कारण उसको संगठनमा मानिस निःस्वार्थ लाग्दै संगठनको उद्देश्यलाई आफ्नो उद्देश्य सम्झेर दिलो ज्यान दिएर लाग्छन्। जसको कारण अन्य व्यक्ति पनि सक्क्षम नेतृत्व बन्न सक्छ र संगठन हुदै राष्ट्र हाक्न सक्ने क्षमताबान नेतृत्व जन्मिन्छ । जुन नेतृत्वले समाज र समुदायको उद्देश्यलाई आफ्नो उद्देश्य बनाउन जनतालाई प्रेरित गर्छ त्यस्तो नेतृत्वको पछाडि जीवन भर मान्छे मुटु दिएर लाग्छन् भने त्यो नै भबिष्यको राजनेता हो भन्ने बुझ्नुपर्छ। राजनेता व्यक्तिको संगठनमा आजिबन एउटै मान्छे साथमा हुन्छन्। त्यहाँ गुटबन्दी हुदैन। त्यहाँ आफ्नोपन हुन्छ जसको कारण संगठन झन झन सुदृढ र मजबुत बन्दै अगाडि बढ्छ भने त्यस्तो संगठनको नेतृत्व गर्ने नै बास्तबिक राजनेता हो भन्ने बुझ्नुपर्छ ।
नेपालमा बिपी कोइराला जस्तो राजनेताको नेतृत्वमा नेपाली काँग्रेस एकढिक्का भै उनको समयसम्म अगाडि बढ्दै गयो। भलै आज नेपाली काँग्रेस टुटफुट भै गुटबन्दी हुँदै आजको दिनसम्म आउदै गर्दा नेपालको एक सफल राष्ट्रिय पार्टी बन्न सकेको छ। अर्को तिर मदन भण्डारीको नेतृत्वमा नेकपा पार्टी पनि उनको जीवन अबधिसम्म एकढिक्का हुँदै बहुदलीय जनवादको सिद्धान्तलाई आजसम्म मान्दै एक सफल नेकपाको स्थान मा छ । तसर्थ यी दुवै नेतृत्व राजनेता हुन् जसले आफ्नो जीवन कालभरि एउटा संगठनलाई एकीकृत गरि उच्च तहमा पुर्याउने काम गरे। जसको कारण यी नेतृत्वहरू नेपालको राजनेताको श्रेणीमा आउछन । यति मात्र होइन राजनेतामा यी गुण पनि हुन्छन्:
(१) संगठनमा एकता कायम गर्न सक्ने क्षमता ।
(२)आफ्नो अनुयायीको भावना लाई बुझ्न सक्ने र संगठनमा प्रजातान्त्रिक पद्धति अनुसरण गर्न सक्ने क्षमता। (३)सम्बन्धित बिषयमा बिज्ञहरूको सल्लाह बमोजिम निर्णय गर्न सक्ने क्षमता।
( ४)उचित स्थानमा उचित मान्छे चयन गर्न सक्ने क्षमता
(५)कामको उचित मुल्यांकन गर्न सक्ने क्षमता ।
( ६) जनभावना अनुसार आफ्नो ब्यबहार मा परिबर्तन गर्न सक्ने क्षमता।
(७) अरूको निन्दा नगरी सिर्फ आफ्नो गल्ती केलाउन सक्ने क्षमता।
( ८) अपमानलाई सहनसक्ने क्षमता।
( ९)परिस्थिति अनुरूप बिचारमा लचकता
( १०)अरूको भाबना बुझ्दै उनीहरूको निर्णय र सुझाव ग्रहण गर्न सक्ने क्षमता।
(११)अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय राजनीतिको जानकारी मार्फत कुटनिती मर्यादा कायम गर्दै राष्ट्रिय शक्तिमा बृद्धि गर्दै बैदेशिक सम्बन्धलाई असंलग्नताको आधारमा अगाडि बढाउन सक्ने क्षमता
(१२)भाषण कला र बिषय लाई बुझाउन सक्ने क्षमता।
(नेपालमा आज यही एउटा गुणको आधारमा नेतृत्व लाई राजनेता देख्ने बानी छ)
यसरी यी गुणहरु कुनै व्यक्ति, यदि कुनै नेतृत्वमा छ भने त्यो नेतृत्व नै राजनेता हो जसले सञ्चालन गरेको राज्य नै एक लोकतान्त्रिक मुल्य र मान्यता बोकेको प्रगतिको पथमा अग्रसर राष्ट्र बन्छ। यी सम्पूर्ण गुणहरु भएका व्यक्तिलाई मात्र राजनेता देखौँ सबैलाई राजनेता हामी नदेखौँ । राजनेता पहिचान गर्न नेतृत्वमा यी सम्पूर्ण गुणहरुलाई आजैबाट केलाएर मुल्यांकन गरौँ ।

No comments:
Post a Comment