टिपरमा दुुर्घटना दुईको मृत्यु, ६ बेपत्ता - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 June 2020

टिपरमा दुुर्घटना दुईको मृत्यु, ६ बेपत्ता

मान्म, २८ जेठ : कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको छ । करीब ३९ जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । 

टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो । उहाँका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र केही घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ । टिपर चालक फरार रहेको जनाइएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.