काठमाडाैं, ३१ जेठ : नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो ।
काेभिड १९ बाट सङ्क्रमित ३६ जना निकाे भएर डिस्चार्ज भएका छन् । भाइरसका कारण दुईजनाकाे मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
No comments:
Post a Comment