बाँकेमा ३१५ सङ्क्रमित - pharaksandesh.com

मुख्य समाचार


Saturday, 13 June 2020

बाँकेमा ३१५ सङ्क्रमित

राँझा, ३१ जेठ  : बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा आज बाँकेका १९ जनामा कारोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

राप्तीसोनारी गाउँपालिका वडा नं ५ का तीन पुरुष, वडा नं ९ का एक पुरुष र एक महिला तथा वडा नं ८ का १० पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरु सबै २० देखि ६० वर्ष उमेर समूहका रहेका छन् । त्यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं १ का २३ र ४० वर्षीय पुरुष तथा खजुरा– ६ का ३० वर्षीय पुरुषमा समेत कोरोना सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । 

गत वैशाख १९ गते नेपालगञ्जदेखि शुरु भएको सङ्क्रमणकाक्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी हुँदै कोहलपुर नगरपालिकासम्म पुगेको छ । बाँकेका सबै पालिकामा कोरोना फैलिसकेको छ । 
नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जाने गरी सबैभन्दा धेरै ११८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसैगरी जानकी गाउँपालिकामा ४१, नेपालगञ्ज उपमहानगरपालिकामा ३९, राप्तीसोनारी गाउँपालिकामा ४७, डुडुवा गाउँपालिकामा २५, वैजनाथ गाउँपालिकामा १४, खजुरा गाउँपालिकामा २७ र कोहलपुर नगरपालिकामा चार जना कोरोना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये १७० जनाले कोरोना पराजित गरी घर फर्किसकेका छन् ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.