दुई जनालाई पुर्पक्षका लागि बालसुधारगृह पठाउन आदेश - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 16 June 2020

दुई जनालाई पुर्पक्षका लागि बालसुधारगृह पठाउन आदेश

रुकुमपश्चिम, २ असार : गत जेठ १० गतेको सोती घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा लागेका दुई नाबालकलाई बालसुधारगृहमा पठाउन रुकुम अदालतले आदेश दिएको छ । सोमबार भएको प्रतिवादीको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले दुई बालबालिकालाई मुद्दा पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन भनेको छ । 

बालबालिकासम्बन्धी ऐन २०५५ को दफा २४ (२) बमोजिम दुवै प्रतिवादीलाई मुद्दा पुर्पक्षका लागि नजीकको बालसुधारगृहमा पठाउन आदेश भएको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.