लोट्री परेको भन्दै करोडौँ ठगी, सात पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 25 June 2020

लोट्री परेको भन्दै करोडौँ ठगी, सात पक्राउ

काठमाडौँ, ११ असार : सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ भन्दै करोडौँ रकम ठगी भएको खुल्न आएको छ । 

महानगरीय अपराध महाशाखाले ठगी गर्ने केही व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । ठूलो रकम कमाउने लोट्रीको लोभमा सरकारी कर्मचारीसमेत फसेको फेला परेको छ ।

सो घटनामा संलग्न गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

पक्राउपर्नेमा झापा, भद्रपुर नगरपालिका घर भई काठमाडौँ बस्दै आएका पुकार बर्मा, काभ्रे सिम्थलीका नविन भण्डारी, रौतहटका आकास अग्रवाल, भारत विहारका एमडी सर्फराज, रौतहटका एस अग्रवाल, पर्साका कृष्णप्रसाद साह र सुनिल साह रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडाँै पठाइएको महाशाखाले जनाएको छ । 

यसरी ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायत सामाजिक सञ्जालको प्रयोग गरी उनीहरुलाई ठगी गरेका थिए । 

अहिलेसम्म उनीहरुबाट एक करोडौँभन्दा बढी रकम ठगेको अनुसन्धानमा खुलेको कार्कीले जानकारी दिनुभयो । उनीहरुले विभिन्न व्यक्तिको खाताबाट ठूलो रकम निकालेकोसमेत फेला परेको छ । कतिपय पीडितले पैसा पाउने आशमा आफ्नो घर जग्गासमेत धितो राखी घरबारविहीन भएको पाइएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.