पालिका अध्यक्षको निधनमा सेवा बन्द - pharaksandesh.com

मुख्य समाचार


Monday, 15 June 2020

पालिका अध्यक्षको निधनमा सेवा बन्द

नवलपरासी, १ असार : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका सात वटै स्थानीय तहमा आज एक दिनका लागि सेवा बन्द गरिएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनमा शोक मनाउन एक दिनका लागि जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहमा सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाको परासीमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आइतबार परासीतर्फ जाँदै गर्नुभएका अध्यक्ष शर्माको बर्दघाटमा आफैँले चलाएको लु १ झ ३७० नं को सवारी साधन दुर्घटनामा परी निधन भएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.