![]() |
| जनार्दन पौडेल |
भनिन्छ नेपाल चार जात छत्तीस वर्ण को फूलबरी हो । जहाँ सबै जतजातीका आ-आफ्नै परम्परा र संस्कृती छन् र्चाडपर्व तथा उत्सवले संस्कृतीलाई सु-शोभित बनाउछ । तर आजभोली यिनै चाडपर्व ,जात्रा तथा उत्सवका नाममा विकृती फैलिरहेका छन् । पुस्तौदेखी चलिआएका परम्परा र चालचलन सबै ठिक र सबै वेठिक पनि छैनन् । संस्कृतीलाई अगालदै कुरीतिलाई हटाउनु आजको आवश्कता हो ।
तर आजभोली सबैजसो चाढपर्व ,जात्रा तथा उत्सवक विकृती र विसंगतीले गाज्जिन थालेका छन् । चाडपर्व,जात्रा तथा उत्सवका नाममा लाग्ने मेला तथा महाउत्सवले त झन यस्ता विकृती र विसंगतीलाई मल जल गरेकाछन् । तिज आउन दुई महिना अगाडीबाट दर खाने चलन कहाबाट आयो ? अर्धनग्न भएर नाच्ने संस्कार कस्ले सिकायो?हाम्रो गुन्योचोली र फरिया कता हराए? चाढपर्व तथा उत्सवमा रक्सीपिउनु पर्छ भनेर कस्ले भन्यो ? तडकभडक र करोडौ खर्च गरेर चाड मनाउनुपर्छ भनेर कहॉ लेखिएको छ ? आजकल सुरा-सुन्दरी विना अपुरो बन्छन् हाम्रा मेला महोत्सव । धार्मिक मेला भनेर सन्चालन गरीन्छ रक्सीले दुर्गन्धित पारीन्छ । जुवातासले होहल्ला मच्चाइन्छ ।
संस्कृतीक कार्यक्रम सन्चालन गरीन्छ । -याप र पप गितमा अर्धनग्न युवती नचाईन्छ । मदिराको नसामा जुवामा औठी थाप्ने समाजसेवी भनाउदा बाट अबका पिढीले के सिक्ने ? यसरी नै समाज विकृत हुदैगयो भने अबको दश बर्ष पछिको देश कस्तो बन्ला ? अझै कति निर्मलाहरू बलत्कृत बन्लान ? अब धेरै समय छैन ।समयमै सुध्रिनु को विकल्प छैन दिनभर ऋषिमुनि साँझ परेपछि सिसीमुनि बन्ने समाजका अगुवा भनाउदा ब्वासाहरूले बुझ्नु ज़रूरी छ ।
यसकालागि स्थानीय तहलेनै अनुगमनगरी कारवाही अगाडी बढाउनुपर्छ । मदिराको सिमीत पसलबाट बिक्री बितरण गर्नुपर्छ ।मेला महोत्सवमा मदिरा र जुवातास पुर्ण रोकलगाउनुपर्छ । सांस्कृतिक कार्यक्रममा संस्कृति झल्किने भेषभुषाको प्रयोग गर्नुपर्छ ।संस्कार सपारौ संस्कृति आफै बन्छ ।

No comments:
Post a Comment