अश्लील भिडियो बनाएको आरोपमा युवक पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 30 July 2020

अश्लील भिडियो बनाएको आरोपमा युवक पक्राउ

कैलाली, १५ साउन : अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका छन् । युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले बताउनुभयाे ।

‘अश्लील भिडियो प्रेमीले आफ्नो साथीलाई पठाएको र त्यो मार्फत पीडित परिवारको घरसम्म पुगेको देखिन्छ’ प्रवक्ता थापाले भन्नुभयाे ‘अहिलेसम्म इन्टरनेटको माध्यमबाट सार्वजनिक गरेको भन्ने खुलेको छैन । हामी अनुसन्धानमै छौँ ।’

पीडित पक्षले जबर्जस्ती करणी गरी भिडियो बनाएको भन्दै प्रहरीलाई उजुरी दिएपछि प्रहरीले १० साउनमा भट्टलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.