सेनाद्वारा गोसाइकुण्ड पदमार्गको अफ्ठ्यारो भीरमा रेलिङ बार निर्माणः पदयात्रामा सहज - pharaksandesh.com

मुख्य समाचार


Saturday, 19 September 2020

सेनाद्वारा गोसाइकुण्ड पदमार्गको अफ्ठ्यारो भीरमा रेलिङ बार निर्माणः पदयात्रामा सहज

रसुवा, ३ असोज : रसुवाको प्रमुख धार्मिक एवं पर्यटकीयस्थल गोसाइँकुण्ड आवतजावत गर्न सहज भएको छ । रसुवा जिल्लामा तैनाथ नेपाली सेना कालीजंग गणले गोसाइकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको अप्ठ्यारो भिरको बाटोमा रेलिङबार निर्माण गरेपछि पदयात्रामा सहज भएको हो ।

नेपाली सेनाको सैनिक-नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत गोसाइँकुण्ड मार्गको बुद्धमन्दिरदेखि गोसाइँकुण्डसम्मको २.५८ किलोमिटर अप्ठ्यारो भिरको बाटोमा रेलिङबार बनाइएको हो ।

रसुवाको धार्मिक क्षेत्रको संरक्षण, पदमार्गको मर्मत लगायत गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलाको बेलामा गरेको स्वास्थ्य शिविरबाट तीर्थयात्रीहरुलाई सहयोग पुर्‍याउँदै आएको सेनाले यसै बर्ष चोलाङपाटीमा ४० फिट लम्बाइ २० फिट चौडाईको विश्राम घर, भूकम्पले भत्केको बुद्ध मन्दिरमा पुनर्निर्माण र केही अप्ठ्यारो बाटो मर्मत गरिएको कालीजंग गणका प्रमुख सेनानी सबिन्द्र नगरकोटीले बतायनुभयो ।

यसैगरि गणले बुद्ध मन्दिरमा हेलिप्याड निर्माण, गणेशगौँडा, बुद्ध मन्दिर र गोसाइँकुण्डमा विश्रामस्थल निर्माण सम्पन्न गरिसकेको छ ।

प्रधान सेनापतिको निर्देशन र लक्ष्य अनुसार छिटो लाभ पुग्ने योजना अन्तर्गत रेलिङबार निर्माणमा ५० लाख बजेट आएकोमा टेन्डर प्रकृया अनुसार अमृत घले निर्माण सेवाले निर्माण सामग्री तथा आपूर्तिको ठेक्का ३५ लाख ६ हजार रुपैयाँ सम्झौता गरेको थियो । यस कामका लागि गणले १० लाख १२ हजार रुपैयाँ बराबरको श्रमदान समेत गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.