नेकपाको सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभामा मनोनित सदस्यबारे टुंगो लगाउने - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 September 2020

नेकपाको सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभामा मनोनित सदस्यबारे टुंगो लगाउने

काठमाडाैँ, १८ भदौ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकले राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने या नदिने विषय टुंगो लगाउनेछ । प्रधानमन्त्री ओली खतिवडालाई नै दोहोर्याउने पक्षमा हुनुहुन्छ भने वामदेव गौतमले राष्ट्रियसभामा जान इच्छा देखाएकाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि वामदेवकै पक्षमा हुनुहुन्छ ।

खतिवडालाई पर्सि शनिबारसम्म मनोनित नगरे उहाँको पद स्वतः सकिने भएकाले यो विषयमा भोलिसम्म टुङ्गोमा पुग्नुपर्ने बाध्यता नेकपालाई रहेको छ । साढे दुई वर्ष पहिले गोला प्रथाबाट खतिवडाको भागमा दुई वर्षे कार्यकाल परेकाले गएको फागुन २० गते उहाँको सांसद पद सकिएको छ । तर सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधानअनुसार उहाँ अहिलेसम्म मन्त्रीकै पदमा हुनुहुन्छ । 

नेकपाको आजको सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि कार्यदलले दिएको प्रतिवेदनको विषयमा पनि छलफल हुनेछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.