सिपिएल क्रिकेटमा जमैका तलाबाजको चौथो हार, सन्दीपले ७ खेलमा १० विकेट लिए - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 September 2020

सिपिएल क्रिकेटमा जमैका तलाबाजको चौथो हार, सन्दीपले ७ खेलमा १० विकेट लिए

काठमाडौं, १७ भदौ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग सीपीएल टी-ट्वान्टी क्रिकेटमा उत्साहजनक प्रदर्शन गर्न सकेको छैन ।

गएरातीको खेलमा पराजित भएसँगै जमैका तलाबाजले चौथो हार व्यहोरेको छ । ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो ।

ब्रायन लारा क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नाइट राइडर्सले १ सय ८४ रन बनायो । जवाफमा ब्याटिङ गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

क्यारेबियन प्रिमियर लिग सीपीएल टी-ट्वान्टीमा सन्दीप आवद्ध जमैका तलाबाजले हार ब्यहोरे पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको प्रदर्शन उत्साहजनक छ ।

गएरातीको खेलमा पनि सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन दिएर १ विकेट लिएका छन् । जारी लिगमा सन्दीपले ७ खेलबाट १० विकेट लिएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.