अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध - pharaksandesh.com

मुख्य समाचार


Saturday, 19 September 2020

अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध

काठमाडाैँ, ३ असोज : अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ ।

त्यहाँको वाणिज्य मन्त्रालयले आउँदाे २४ घण्टामा यी दुवै एप यूएस एप स्टोरबाट हटाउने र त्यसपछि यसलाई डाउनलोड गर्न नपाउने उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा टिकटक र विच्याट प्रतिबन्धित हुने बताउनु भएको बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले टिकटक तथा विच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ । तर यो आरोप दुवै चिनियाँ कम्पनीले अस्वीकार गर्दै आएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.