पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्यकामा ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 September 2020

पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्यकामा ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, १७ भदौ : पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्यकामा ३८८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ३५०, भक्तपुरमा ९  र ललितपुरमा २९  गरी  काठमाडौँमा उपत्यकामा ३८८  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

देशभरबाट १ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । आज संक्रमति हुनेमा ३ सय २० जना महिला र ८ सय  जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार २ सय ९० पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १८ हजार १  सय ८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ६ हजार ७ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिइएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार ६ जना महिला र ६ जना पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५१  पुगेको मन्त्रालयले जनाकारी दिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.