झापामा एक पुरुषको घाँटी काटेर हत्या - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 September 2020

झापामा एक पुरुषको घाँटी काटेर हत्या

सुरुङ्गा, १७ भदौ : शिवसताक्षी नगरपालिकाकाे रतुवामाई जंगलमा एक जना पुरुषको शव भेटिएको छ । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमान मगरको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । उहाँले प्रारम्भिक जाँचमा घाँटी काटिएको पाइएको र अन्य चोटपटकबारे पोष्टमार्टमपछि थाहा हुने जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार मगर वैदेशिक रोजगकारीका लागि बहराइन गएर केही महिनाअघि फर्किएका थिए । प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल पनि बरामद गरेको छ । 

संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट ट्याकर डगसहित अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.