अन्तिम धन्यवाद तिमीलाई : हेमकला राई - pharaksandesh.com

मुख्य समाचार


Friday, 9 October 2020

अन्तिम धन्यवाद तिमीलाई : हेमकला राई


अन्तिम धन्यवाद तिमीलाई
जति बेला मसंग तिम्रो साथ थियो
लाग्थ्यो मलाई त्यो बेला,
तिम्रो प्रेम बिना कुनै पल:
म जिउन सक्दिन जस्तो ।
तर
आज तिम्रो बिछोडले मलाई,
कुनै दुखी बनाएको छैन।
किन भने;
तिमिले मलाई जीवनकालका
अनुपम सिकाईहरु दिएर गयौ।
जस्तै:
एक्लै रमाउन सिकायौ।
एकान्तमा बस्न सिकायौ।
दुखमा पनि हाँस्न सिकायौ। 
पिडामा एक्लै जिउन सिकायौ।
कुनै किताब पढ्न सिकायौ।
केही लेख लेख्न सिकायौ।
दुखको सामना गर्न सिकायौ।
प्रेम के हो त्यो पनि सिकायौ।
प्रेम कस्तोलाई मात्र गर्ने-त्यो सिकायौ।
प्रेम कति मात्र गर्ने-त्यो पनि सिकायौ।
प्रेममा कति झुट हुन्छ-त्यो पनि सिकायौ।
र सबैभन्दा ठूलो कुरा:
आफैलाई चिन्ने मौका दिलायौ।
म भित्रको म भेट्ने मार्ग देखायौ।
मैले म आफैलाई-प्रेम गर्न सिकायौ।
आफ्नै मृत्युलाई जितेर-बाँच्न सिकायौ।
तिम्रो साथमा हुँदा:
मैले म आफैलाई भुलेकी थिएँ। 
म बाट अर्को म भएकी थिएँ।
तिम्रो नजिक हुन मैले सबैलाई टाढा राखेँ।
तिम्रो मन नदुखाउन मैले मेरो रोजाई भुलेँ।
आफू छु र त अरु छ भन्ने बिर्सेँ।
समग्रमा: 
तिम्रो साथमा भन्दा धेरै
तिम्रो वियोगमा मैले
धेरै ज्ञान प्राप्त गरेकी छु।
तिम्रो साथ मेरो लागि 
कति हानिकारक थियो भन्ने
यो भन्दा गतिलो प्रमाण 
अरु के दिउ तिमिलाई?
तर पनि एउटा कुराको 
मुरि मुरि धन्यवाद तिमिलाई।
त्यो के थाहा छ?
मेरो लागि तिमी सहि हैनौ भन्ने
मैले थाहा पाउनु भन्दा अघि
तिमी टाढियौ म बाट।
त्यसको लागि धन्यबाद है।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.