चेन्नई सुपर किङ्स विजयी - pharaksandesh.com

मुख्य समाचार


Friday 30 October 2020

चेन्नई सुपर किङ्स विजयी


काठमाडाैँ, १४ कात्तिक :
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ।

यूएईको शेख जायद रंगशालामा भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै अंकतालिकाको पुछारमा रहेको चेन्नई विजयी भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो ।

कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले भने २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १० रन आवश्यक रहेका बेला रविन्द्र जडेजाले अन्तिम दुई बलमा दुई छक्का प्रहार गरेपछि चेन्नईले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो।

आईपीएलमा प्लेअफबाट बाहिरिइसकेको चेन्नईले अब एक खेल खेल्न बाँकी छ भने हिजोको हारसँगै पाँचौँ स्थानको कोलकाताले शीर्ष चारमा स्थान पक्का गर्नबाट चुकेको छ।

यसैबीच चेन्नईले कोलकता लाई पराजित गरेपछि साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बन्न पुगेको छ। आज साँझ तालिकाको दोस्रो स्थानमा रहेको रोयल च्यालेञ्जर्स ब्याङ्ग्लोर तथा चौथौ स्थानमा रहेको किङ्ग्स इलेभन पञ्जाबबीच खेल हुँदैछ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.