सुर्खेत, २७ असाेज : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीलाई दिनु भएको छ ।
संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहीले मंगलबार माधब नेपाल समूहका नेताहरुको सहमति अनुसार कुर्मराजलाई सचेतकमा नियुक्त गर्नु भएको हो । सोमबार मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहनु भएकी सीताकुमारी नेपालीलाई प्रमुख सचेतक नियुक्त गरिसक्नु भएको छ ।
सचेतक रहनु भएकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले आज कुर्मराज शाहीलाई नियुक्त गर्नु भएको हो । आइतबार गुलाबजङ्ग शाहलगायत १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रमुख सचेतकको जिम्मेवारी बाट शाहलाई हटाएको थियो ।
No comments:
Post a Comment