सचिवालय बैठक बस्ने बारे दुई अध्यक्षबीच छलफल - pharaksandesh.com

मुख्य समाचार


Thursday, 8 October 2020

सचिवालय बैठक बस्ने बारे दुई अध्यक्षबीच छलफल


काठमाडौं, २२ असाेज :
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका बाँकी काम टुंग्याउने लगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा पार्टी एकता लगायतका विषयमा एकढंगको सहमति बनेपछि सचिवालय बैठक बस्नेबारे समेत छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।

दुई अध्यक्षबीचको आजको छलफलपछि संवैधानिक आयोगहरु तथा अन्य राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा समेत अव थप छलफल अघि बढ्ने बताइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.