विपद नियन्त्रण र न्यूनीकरणमा विश्व समुदायबीच सहकार्य आवश्यक- प्रधानमन्त्री - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 13 October 2020

विपद नियन्त्रण र न्यूनीकरणमा विश्व समुदायबीच सहकार्य आवश्यक- प्रधानमन्त्री


काठमाडौं, २७ असाेज :
प्रधानमन्त्री के पी शर्मा ‍ओलीले प्राकृतिक विपदको नियन्त्रण र न्युनीकरणमा सामुहिक प्रयास र प्रतिबद्दता आवश्यक रहेको बताउनु भएको छ ।

विपद जोखिम न्युनीकरण सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमवाट सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्राकृतिक कारणवाट हुने विपद नियन्त्रण गर्न नसकिने भए पनि मानव सृजित प्राकृतिक विपदको न्युनीकरण सम्वभ भएकोले यसमा विश्व समुदबिच सहयोग र सहकार्य आवश्यक छ भन्नुभयो।

हिमाल र समुन्द्र नै प्रदूषणको चपेटामा परेको अहिलेको अवस्थामा प्रकृति संरक्षणमा विश्व समुदाय गम्भिर बन्नुपर्ने अवस्था सृजना भएको उहँले वताउनु भयो ।

सुरक्षित विश्व, सुरक्षित धर्ती, सुरक्षित मानवजाती र न्यायपूर्ण सभ्य समाजको लागि सरकारले काम गरिरहेको वताउनुहुँदै प्रधानमन्त्री ओलीले विद्यालय तहबाटै विपद न्युनीकरण र यसवाट जोखिने उपायहरु समावेश गरिने पनि उल्लेख गर्नुभयो ।

प्राकृतिक विपदमा परेका देशका विभिन्न भागहरुको पुन: निर्माण र पुनर्स्थापनामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको पनि उहाँले वताउनुभयो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.