आजको राशिफल।। आज वि.सं. २०७७ असोज २४ गते शनिवारकाे राशिफल - pharaksandesh.com

मुख्य समाचार


Saturday, 10 October 2020

आजको राशिफल।। आज वि.सं. २०७७ असोज २४ गते शनिवारकाे राशिफल

वि.सं. २०७७ असोज २४। शनिवार। इ.स. २०२० अक्टोबर १०।ने.सं. ११४० अनलागा। अधिक आश्विन कृष्णपक्ष। अष्टमी, १२:४१ उप्रान्त नवमी।

आजको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तर केही चुनौती देखिनेछन्। वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउनेछ।

सिंह 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। काममा पनि पछि परिनेछ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आकस्मिक खर्च बढ्ने देखिन्छ। हातलागी भएको रकम सरसापटमा बाहिरिन सक्छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। साँझतिर सामाजिक कामको जिम्मेवारी आउला। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ।

कुम्भ 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ। भेटघाटले काममा अलमल हुन सक्छ। यात्रा केही कष्टपूर्ण हुनेछ। साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले पनि इच्छाशक्ति कुण्ठित हुनेछ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.