दमक नगरप्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

दमक नगरप्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि


झापा, २० असोज :
  झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । उहाँकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ ।

ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिनुभयो । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.