जिन्दगीको यो गोरेटोमा : सुनु आचार्य - pharaksandesh.com

मुख्य समाचार


Wednesday 7 October 2020

जिन्दगीको यो गोरेटोमा : सुनु आचार्य

सुनु आचार्य
जिन्दगीको यो गोरेटोमा 
मिट्ठो मुस्कान छर्दै आयौ।
पतझड यो जिन्दगीमा 
बसन्त बहार लिई आयौ।।

मेरी प्यारी छोरी तिमी 
मेरो प्यारो संसार हौ।
मेरो जिन्दगी हौ तिमी
मेरो जिऊने आधार हौ।।

तिम्रो मिट्ठो एक मुस्कानले
बिर्साउछ सारा दुख मेरो ।
तिम्रो एक स्पर्शले 
भुलाइदिन्छ सारा पीडा मेरो ।।

मेरी प्यारी छोरी तिमी मै छ मेरो 
जिवनको जिऊने आधार।
तिमी मै छ मेरो खुसी 
मेरो सानो संसार।।।।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.