पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त गरेको चीनको दावी - pharaksandesh.com

मुख्य समाचार


Monday, 12 October 2020

पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त गरेको चीनको दावी


चीनले आफ्नो १३औं पञ्चवर्षीय योजनाको अवधिमा पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त गरेको जनाएको छ ।

गरिबीमा बाँचिरहेका ती जनतालाई पूर्ण रुपमा गरिबीबाट मुक्त गराएको राष्ट्रिय गरीबी तथा जनसङ्ख्या ब्युरोको तथ्याङ्कमा उल्लेख छ । सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ ।

चालु वर्ष समग्र क्षेत्रमा गरीबी पूर्णतया उन्मुलन गर्ने चीन सरकार र खासगरी राष्ट्रपति सी चिनफिङको योजनामा चीनले सफलता पाएको अधिकारीहरूको भनाई छ ।

१३ औं पञ्चवर्षीय योजनाको अवधिमा चीनमा गरीबहरूको आम्दानीमा व्यापक वृद्धि भएको ब्युरोको दावी छ । तथ्याङ्क अनुसार गरिब जनसङ्ख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा चार हजार १ सय ४२ युआन रहेकोमा सन् २०१९ मा बढेर नौ हजार ५७ युआन पुगेको छ ।

आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ । चालु वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० का लागि दिगो विकास कार्यक्रम अन्तर्गतको संयुक्त राष्ट्र संघको एजेन्डाको गरीबी निवारण लक्ष्य १० बर्ष अघि नै पूरा गर्दैछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.