काठमाडौं, २४ असाेज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजेटिभ भएको छ ।
शुक्रबार ज्वरोको महसुस भएपछि शनिबार बिहान परीक्षण गर्दा पोजेटिभ आएको हो । भट्टराईले आफूसँग सम्पर्कमा रहेकालाई परीक्षण गर्न सुझाव दिनुभएको छ ।
पर्यटनमन्त्री भट्टराईकी पत्नीको भने रिपोट नेगेटिभ आएको छ । उहाँ अहिले मन्त्री निवास पुल्चोकमै आइसोलेशनमा बस्नुभएको छ ।
No comments:
Post a Comment