कोरोना संक्रमणबाट दोलखामा ८१ वर्षीय महिलाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Friday, 9 October 2020

कोरोना संक्रमणबाट दोलखामा ८१ वर्षीय महिलाको मृत्यु


दाेलखा,  २३ असाेज :
दोलखामा कोरोना संक्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । श्वासप्रस्वासमा समस्या देखेपछि सदरमुकाम चरिको स्थित प्रस्तावित चरिकोट अस्पतालमा उपचारात ८१ वर्षीय बृद्ध महिलाको बिहिवार मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती बृद्धाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धुलिखेल अस्पताल पठाईएकोमा उहाँको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले पुष्टि गरेको छ ।

बैतेश्वर गाँउपालिका वडा नम्बर ७ घर भएकी ती बृद्धलाई उपचारका लागि बुधवार राती अस्पताल भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार ती बृद्धामा निमोनिया र श्वास प्रस्वासमा समस्याको लक्षण देखिपछि छुट्टै कोठामा राखेर उपचार गरिएको थियो ।

स्थानीयका अनुसार मृतक महिला १५ दिन अघि भारतबाट अाउनु भएकाे थियाे । मृतकको शवलाई शुक्रवार नेपाली सेनाको टोलीले अत्योष्टि गर्दैछ ।

यसअघि दोलखा जिल्ला घर भएर काठमाण्डौंमा मृत्यु भएका ४ जनामा संक्रमण पुष्टि भएको भएपनि जिल्लामै मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो हो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.