नवलपरासीमा गैंडा मृत अबस्थामा फेला पर्‍यो - pharaksandesh.com

मुख्य समाचार


Thursday 8 October 2020

नवलपरासीमा गैंडा मृत अबस्थामा फेला पर्‍यो


चितवन, २२ असाेज :
नबलपरासीकाे तमासपुर भेलौजीमा फेरि एउटा गैंडा मृत अबस्थामा फेला परेकाे छ ।

गैंडालाई बाढीले बगाएर मरेकाे चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी तथा सहायक वार्डेन अशोक रामले जानकारी दिनुभएको हो ।

मृत गैंडा नारायणी नदी किनारमा हिलाेमा गडेकाे अबस्थामा भेटिएकाे र लामो समय हिलोमा रहेकोले सडिसकेको रामको भनाइ थियो । यसले गर्दा भाले वा पाेथी छुट्टाउन समेत नसकिएको निकुञ्जले जनाएको छ ।

तर गैंडाकाे खाग र खुर सुरक्षित रहेकाे निकुञ्जले जनाएकाे छ ।
निकुञ्जमा कालगतिले गैंडा मर्ने क्रम बढ्दै गएपछि गैंडा के कारणले मरेकाे हाे भन्ने अनुसन्धान हुनुपर्ने बिज्ञहरूले बताएका छन्।

निकुञ्जकाे आसपासको क्षेत्रमा शुक्रबार यता मृत भेटिएको यो पाँचौं गैंडा हो । उहाँले भन्नुभयो- ‘बुधबार दिउँसो तीन बजेतिर नदीमै डुबेको अवस्थामा गैंडा मृत भेटिएको हाे ।’

नेपालमा पछिल्लो गणना अनुसार अनुसार ६ सय ४५ गैंडा रहेका छन् । त्यसमध्ये चितवनमा मात्र ६ सय ५ वटा छन् ।

आर्थिक वर्ष ०७४/७५ मा २६ वटा गैंडा मरे । त्यसैगरी ०७५/७६ मा निकुञ्जभित्र इतिहासमै सर्वाधिक ४३ वटा गैंडा मरेको तथ्याङ्क छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.